Sunday, February 19, 2017

चुनाव घोषणा गर्ने सरकारको निर्णयलगत्तै मधेसी मोर्चाको आन्दोलन चर्काउने तयारी

काठमाडौं, ८ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज अपराह्न बस्दैछ ।

आज विहान कांग्रेस र माओवादी केन्द्रले भोलि सोमबार चुनावको मिति घोषणा गर्ने निर्णय गरेलगत्तै अब कसरी अगाडि बढ्ने विषय तय गर्न बैठक बस्न लागेको नेता केशव झाले बताए ।

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा अपराह्न ५ बजे बस्न लागेको बैठकमा सरकारले चुनावको मिति घोषणा गरे कसरी अगाडि बढ्ने, संविधान संशोधन प्रस्तावमा के गर्ने भन्ने टुंगो लगाउनेछ ।

मोर्चाले यसअघि चुनाव घोषणा गरेकै दिनदेखि आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...