नेपाली कांग्रेसका महासमिति सदस्य ,नेपालि जन सम्पर्क समिति अमेरिकाका का नेता तथा संगठन विभाग प्रमुख वेद प्रसाद खरेलले सुशिल कोईराला नेपाली जनताका माझ जन प्रिय तथा सम्मानित रहेको वताउनु भएको वताउनु भएको छ । सादगि जिवन सैलि, निडर तथा वोली तथा स्पस्ट अडान भएका नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालिन प्रधानमन्त्रि स्व.शुशिल कोईरालाको वुद्विमत्ता तथा नेतृत्वदाई भूमिकाका कारण नेपालले सम्विधान सभावाट संविधान प्राप्त गरेको वताउदै वहाँले प्राप्त संविधान लाई कार्यान्वयन गरि संवृद्व नेपाल वनाउने वाकि कार्यभार नेपाली काँग्रेसमा नै रहेको वताउनु भयो ।
अमेरिकामा संगठित नेपाली प्रजातन्त्रवादी हरुको प्यारो ससक्त र गर्विलो संगठन नेपाली जनसम्पर्क समितिमा अमेरिकामा विगतमा देखिएको केहि तिक्तता र वेमेल समाप्त भई संगठनले गति लिईरहेको उल्लेख गर्दै कार्यक्रमका मुख्य व्यक्ति समेत रहेका खरेलले आगामी अप्रिल ८ मा भर्जिनियामा सम्पन्न हुने साधारण सभा पछि च्यापर अधिवेसन र केन्द्रको अधिवेशनमा ध्यान केन्द्रित गरिने वताउनु भयो । नेपाली जनसम्पर्क समिति ILLINOIS (सिकागो )च्याप्टर द्वारा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस का पूर्व सभापति स्व. शुशिल कोइराला को बार्षिक पून्यतिथिको अवसरमा“नेपालको संविधान निर्माणमा शुशिल कोईरालको भूमिका ,प्रजातन्त्र दिवस तथा विभिन्न बिषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो । महामानव वि पी कोउराला तथा स्वर्गिय सुशिल कोईरालाको तस्विर मा माल्यार्पण तथा ज्ञाँत अज्ञात सहिद हरुको संम्झनामा मौनधारण गरि सुरु गरिएको उक्त महत्वपूर्ण कार्यक्रममा नेपाली जनसम्पर्क समिति ILLINOIS सिकागो च्याप्टरका सभापति भोजराज घिमीरे,एन आर एन अमेरिका ILLINOIS का अध्यक्ष सुमन ओस्ती,नेपाली जनसम्पर्क समिति ILLINOIS का उपसभपतीद्वय कृष्ण खनाल र खेम पन्थी,महासचिव ऋषि गैह्रे मधेसी एसोसीयसन अफ अमेरिकाका उपाघ्यक्ष सुरेन्द्र चौधरी ,सिकागो नेपाली मैत्री समाजका अघ्यंक्ष टेकराज पौडेल लगायतका वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा स्वर्गिय सुशिल कोईरालाको महत्वपू्ण योगदान वारे चर्चा गर्नु भएको थियो ।
No comments:
Post a Comment