Monday, February 6, 2017

दिनेश डिसीको हास्यश्रृंखला ट्वाक्क टुक्क रिटन्स दर्शकहरु माझ लोकप्रिय बन्दै(भिडियो हेर्नुहोस)

काठमाडौँ : कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार साँझ ७:३० बजे प्रसारण हुदै आएको ‘ट्वाक्क टुक्क रिटन्स’ अहिलेकोभाग सम्म आउदा अत्याधिक दर्शक श्रोताहरुको रोजाइमा पर्न सफल भएको छ l आवाजको दुनियाको साथि दिनेश डिसीकोहोम प्रोडक्सन तथा निर्देशनमा तयार पारिएको चर्चित हास्य धाराबाहिक ट्वाक्क टुक्क रिटन्समा चर्चित समाबेसी कलाकारहरुको जमघट देख्न पाइन्छ l

२० वर्षअघि नै टेलिभिजनमा अत्यधिक रुचाइएको हास्यश्रृंखला ‘ट्वाक्क टुक्क’ नयाँ स्वरूपमा पुन: प्रसारण हुन थालेको हो ।‘ट्वाक्क टुक्क रिटन्स’ शीर्षकमा निर्देशक दिनेश डिसीले यो श्रृंखलालाई कान्तिपुर टेलिभिजनमार्फत दर्शकमाझ पुन: लिएरआएका हुन । नेपाली दर्शकहरु माझ चर्चाको शिखर टेक्दै गरेको उक्त  हास्यश्रृंखला ‘ट्वाक्क टुक्क रिटन्स” अबका आउदादिनहरुमा अझ परिमार्जित गर्दै दर्शक श्रोताहरुको चाहना तथा मागलाई ध्यान दिदै समसामाहिक कथा बस्तुमा प्रस्तुत गरिनेकुरा निर्देशक दिनेश डिसी बताउछन l
अहिलेको पुस्ताका अधिकांश हास्य कलाकारले यही श्रृंखलाबाट अभिनयमा पदार्पण गरेको इतिहास छ । प्रत्येक शुक्रबार साँझ७:३० बजे प्रसारण हुन थालेको यो श्रृंखलाले कम समयमै दर्शकको मन जितेको छ । श्रृंखलामा निर्देशक दिनेश डिसीसहितहास्य कलाकार महादेव त्रिपाठी, अन्जु थापा, सुरेन्द्र केसी, शिब शंकर रिजाल, गोपाल ढकाल, गिरि राज, सुशीला निरौला,यसुदा गिरि, जनक खड्का आदि कलाकारले अभिनय गरिरहेका छन् ।
भिडियो हेर्नुहोस:

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...