अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले गत जनवरी २७ तारिखमा आप्रवासी सम्बन्धि कार्यकारी आदेशमा हस्ताक्षर गरे पछि १ लाख भन्दा ज्यादा प्रवेश आज्ञा (भिसा )खारेजी गरेको जानकारी आएको छ l
उक्त जानकारी आज शुक्रबार अमेरिकन सरकारी न्याय बिभाग हेर्ने सम्बन्धित अधिवक्ताले भर्जिनियाको अदालतमा उक्त कुराको खुलासा गरेको सीएनएनले लेखेको छ l न्यायाधिसले कार्यकारी आदेश भए पछि कस्तो असर भन्ने प्रश्न मा उनले उक्त आंकडा दिएका हुन् l
ट्रम्पले हस्ताक्षर गरेको करिब एक हप्ता को अवधिमा १ लाख प्रवेश आज्ञा खारेजी भएको हो l न्याय विभागका आप्रवासी हेर्ने अधिवक्ता इरेज रुभेनीलले अहिले सम्म स्थाई बसोबास अनुमति पत्र (हरियो पत्र ) प्राप्त गरेकालाई नरोकिएको बताएका थिए l
No comments:
Post a Comment