Friday, February 3, 2017

Let’s Watch 51st Super Bowl & Talk “Mandir”

Let’s Watch 51st Super Bowl & Talk “Mandir”
“हिन्दु बुद्ध मन्दिर” को विशेष सहयोगार्थ मन्दिर निर्माणमा सक्रिय स्वयंसेवकहरुले यहि आउँदो February 5th आइतबार साँझ 5:00PM, New England – Patriots Vs Atlanta – Falcons बिच हुन लागेको अमेरिकन फुट्बलको प्रत्यक्ष फाइनल खेल प्रशारण सहितको भब्य कार्यक्रमको आयोजना गरिने भएको छ।
Let’s Watch 51st Super Bowl Championship & Talk “Mandir” नामक यस कार्यक्रममा सम्पुर्ण बाल्टिमोर – मेरिल्याण्डवासी नेपाली परिवारजन, साथीभाईहरुलाई नि:शुल्क प्रवेश शुल्क रहेको जानकारी गराउँदै र आफ्ना फुटबलप्रेमी आफ्न्त परिवार तथा छिमेकी साथीभाइहरु सहित उपस्थित हुन स्वयंसेवकहरुले हार्दिक आव्हान गरेका छन।
बर्षकै सबै भन्दा भब्य र प्रतिस्पर्धात्मक फाइनल फुटबल खेलको मनोरञ्जनसंगै एक आपसमा भेटघाट र मन्दिरको कामकारबाही गतिविधि बारे चर्चा परिचर्चा हुने भएकोले पनि कार्यक्रम बाल्टिमोरवासी नेपालीहरुका लागि अत्यन्तै मैत्रीपुर्ण र रोमाञ्चक हुने बिश्वास गरिएको छ।
बिश्वभरबाट अरबौं दर्शकहरुले प्रत्यक्ष हेरिने अनुमान गरिएको Patriot र Falcon विचको यो फुट्बल फाइनल खेलको रोमान्चकतासंगै यस कार्यक्रममा विभिन्न रमाइला “फन – गेम” खेलहरु खेलाईने र विशेषत् सहुलियत दरमा स्वादिलो नेपाली म: म: को परिकार र स्वादहरु राखिने हुनाले कार्यक्रममा उपस्थित सवैले भरपुर रमाइलो गर्नुका साथै यसबाट उठेको रकमबाट बन्दै गरेको “हिन्दु बुद्ध मन्दिर” को लागि आवश्यक अर्थ संकलनका लागि पनि मद्दत पुग्ने भएकोले यो एक अविस्मरणीय साँझ बन्ने पक्का छ।
कार्यक्रम बारे थप जानकारीका लागि:
लेख: © श्रीजन ताम्राकार , 2017

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...