Thursday, February 2, 2017

एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदका प्रत्याशी डिल्ली राम भट्टराईको भनाई

 

आदरणीय प्रबासी दाजुभाई तथा दिदीबाहिनिहरु,

बिगत २ दशक देखि त्रिभुवन बिश्वबिध्यालयको प्राध्यापन देखि क्यल्लिफोर्नियाको सिलिकन भ्यालीको व्यवशायिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर पेशागत यात्रा तय गर्दा हासिल गरेका थुप्रै SUCCESS STORIES र पेशागत दक्षता ,मेरो समाजसेवा प्रतिको गहिरो अभिरुचि तथा समाज प्रतिको दायित्वबोधले अभिप्रेरीत भएर एन आर एन अमेरिकाको आगामी निर्वाचनमा उपाध्यक्ष पदमा रहेर काम गर्ने प्रबल ईच्छा भएकोले उक्त पदमा उमेद्वारी दिएको कुरा यसै संजाल मार्फत जानकारीका लागि अनुरोध गर्न चाहन्छु |

एन आर एनको भर्खरै सम्पन सदस्यता बितरण कार्यक्रममा तपाइहरु सबैले पुराउनु भएको उत्साहजनक सहभागिताको लागि एन आर एन अमेरिकाको सल्लाहकारको हैसियतले यहाँहरु सबैमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाई हाम्रो सामुहिक प्रयासले आज NRN NCC USA लाइ सबै भन्दा ठुलो NRN NCC को रुपमा स्थापित गर्न एतिहासिक अवसर का साथै थप जिम्बेवारी तपाई हाम्रो काधमा आएको छ | हाल आबद्द सदस्यतालाई निरन्तरता दिदै आगामी दिनमा NRN को क्षमता तथा गुणस्तर वृद्धि गर्दै संगठनलाई व्यापक रुपमा अगाडी बढाउनुपर्ने टडकारो आबस्यकता छ।

एकातिर प्रबासी नेपालीहरुका हक , हित र अधिकारलाई सुरक्षित गर्दै अमेरिकी समाजका आर्थिक ,सामाजिक र राजनैतिक क्षेत्रमा प्रबासी नेपालीको पहुच र पहिचान स्थापित गर्नु पर्ने गहन जिम्बेवारी छ भने अर्को तर्फ अमेरिका भरि छरिएर रहेका आम प्रबासी नेपालीको साझा संगठनको रुपमा बिकाश गर्न अमेरिका भित्रका संघ,संगठन तथा अन्य NRN ICC संग समन्वयात्मक र नेत्तृतवदायी भूमिका निर्वाह गर्दै NRN ICC को नेतृतव गर्नका लागि पनि संगठनात्मक संरचना विस्तार तथा नेत्तृतव बिकाश गर्नु परेको छ ।

त्यसैले मैले ब्यक्तिगत रुपमा यो निर्बाचनलाई सामान्य परिस्थिति भन्दा ज्यादै महत्वपुर्ण रुपमा हेरेको छु र यस निर्वाचनले बर्तमान तथा नया पुस्ताका चुनौतीलाई सम्भावनाको रुपमा लिई संगठनलाइ हाक्न सक्ने दुरगामीशोच, उर्जाशिल र सक्षम नेतृत्व छान्न सफल हुनेछ भन्ने विश्वास लिएको छु ।

मेरो १५ वर्ष अमेरिका बसाइमा प्रवासी नेपालीहरुले आजको अबस्था सम्म आइपुग्न अनेकौ दुख कष्ठका बाबजुद अत्यन्त मेहनत गर्नु परेको मैले नजिक बाट भोग्दै र देख्दै आएको छु | अाज पनि ठुलो संख्यामा झन्डै ९० प्रतिसत प्रबासी नेपालीहरुको अमेरिकी जीवन नेपालको जस्तै संक्रमणकालिन अवस्थाबाट गुज्रिरहेको वास्तविकता तपाई हामी सामु छ । यस जटिल अवस्थाको अन्त्यका लागि NRN ले परम्परागत शैली र सोचमा आमुल परिवर्तन ल्याउनु आबस्ककता छ र त्यस परिवर्तनको नेतृत्व पनि तपाई हामिहरुले नै गर्नु पर्दछ |

तसर्थ यो सस्थालाई हाम्रो मात्र हैन सम्पूर्ण नेपालीको स्वमित्त्व भएको सस्था बनाउने प्रणगर्दै यसपटक मैले उपाध्यक्ष पदमा सामुहिक नेतृत्वको मध्यमबाट सस्थागत र सामाजिक परिवर्तनको लािग जिम्वेवारी लिने निर्णय गरेको छु ।
बिनित
डिल्ली राम भट्टराई
उपाध्यक्षको उम्मेदवार
NRN NCC USA
SAN FRANCISCO, CALIFORNIA
650-863-8234

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...