गत शनिबार राति १ सय २५ पृष्ठ को ७ वटा मुस्लिम देशका शरणार्थीलाई अस्थाई यात्रा प्रतिबन्ध सम्बन्धि राष्ट्रपतिको कार्यकारी आदेश तुरुन्त पुनर्स्थापना गर्न न्याय विभागले दाखिला गरेको निवेदनलाई पुनरावेदन अदालतले पुन: अस्विकार गरेको छ l
गत शुक्रबार राष्ट्रपतिको कार्यकारी आदेश रोक्ने वाशिंगटनको राज्यका न्यायाधीशलाई राष्ट्रपति ट्रम्पले सामजिक संजाल मार्फत तथाकथित हास्यास्पद भनि निन्दा गरेका थिए l
सात मुस्लिम राष्ट्रहरु इरान ,इराक ,लिविया ,सोमालिया ,सुडान ,सिरिया तथा येमन मुस्लिल देशहरुका अस्थाई अप्रवासी शरणार्थी प्रतिबन्ध गर्न आवस्यक रहेको र इस्लामी आतंकवादी द्वारा अमेरिको सुरक्षा गर्न आवश्यक छ भनि राष्ट्रपति ट्रम्पले भनेका थिए l
पुनरावेदन अदालतले संक्षेपमा आदेश दिदै वाशिंगटन न्यायाधीशले गरेको निर्णयमा तत्काल प्रशासनिक स्थगन आदेशको लागि सरकारले गरेको अनुरोध अस्वीकार गरिएको छ भनि उल्लेख गरेको छ । आइतबार वाशिंगटन तथा मिनेसोटा राज्य बाट थप निवेदनहरूको प्रतिक्षा तथा सोमबार सरकार बाट रहने जनाएको छ l
सरकारले गरेको अपिलमा वाशिंगटनका न्यायाधीश जेम्स रोबार्टले गरेको निर्णय तत्काल सर्ब साधारणको हानि हुने तथा कार्यकारी आदेश को प्रचलन योजनालाई विफल बनाइ दिन्छ भनि निवेदनमा उल्लेख गरेको रोयटर्सले लेखेको छ l
राष्ट्रपति ट्रम्पले गत शनिबार संचारकर्मीलाई सामाजिक संजाल मार्फत आफ्नो देशको सुरक्षाको लागि हामी जित्ने छौ भनि लेखका थिए l
No comments:
Post a Comment