Saturday, February 4, 2017

पानी अभियानमा ऐक्यवद्दता

 

खेतमा कुलो बगोस ,, आँगनीमा धारो
छर्न पाइयोस् समयमै, मुखा लाग्ने चारो

सुनपुरको ब्यथा आज, भोलि पूर्ब दुख्ला
प्रकृतिको लिला यस्तै, सबैलाई  पर्ला गारो

हातेमालो गरौँ आज ,, भोलि खनौं कुलो
जमिन भयो बन्जर,,  पत्थर भन्दा सारो

एक थुकी सुकी भन्छन्,, सय थुकी नदी
घोगा लाग्ला मकैबोटमा, खडेरीले थारो

अभियानले शिखर चुमोस्, दाङ्ग हरियाली
खेत्खेतमा कुलो बगोस्  आङ्गनीमा धारो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...