हिन्दु बुद्ध मन्दिर सहितको सामुदायिक साँस्कृतिक केन्द्र” निर्माणको सहयोगार्थ मेरिल्याण्डमा “लुट-२” चलचित्र प्रदर्शन गरिने भएको छ।
नेपाली चलचित्रलाई विश्व बजार सम्म पुर्याउन सकिन्छ भन्ने तथ्यलाई स्थापित गर्दै सम्पुर्ण नेपाली चलचित्र जगतले पछ्याउँदै आएको पुरानो शैलीलाई तोडी सम्भावनाका थुप्रै थुप्रै ढोकाहरु खोल्न सफल चलचित्र “लुट” को अपार सफलता पछि अब यसैको सिक्वेल “लुट-२” चाँडै नै प्रदर्शनमा आउने भएको छ।
सर्वाधिक सफल नेपाली चलचित्र “लुट” पछि सोही टिमले बनाएको “लुट-२” चलचित्र अहिले नेपाली चलचित्रको बिश्वबजारमा नै सर्वाधिक प्रतीक्षित नेपाली चलचित्र हो।
…मेरिल्याण्डमा चाँडै नै प्रदर्शनीको तयारीमा रहेको यस चलचित्रको प्रदशनीबाट उठेको एक हिस्सा “हिन्दु बुद्ध मन्दिर सहितको सामुदायिक साँस्कृतिक केन्द्र” को निर्माणको लागि सहयोग गरिने भएको छ।
…थप विस्तृत जानकारीहरु सहित हामी चाँडै नै आउनेछौं।
…प्रतीक्षा गर्नुहोस् ।
No comments:
Post a Comment