Friday, February 24, 2017

नेपाली विद्यार्थीलाई पाकिस्तानले दियो छात्रवृत्ति

काठमाडौँ, १३ फागुन । पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ ।

शिक्षामन्त्री धनीराम पौडेलले आज यहाँ आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गर्नुभयो ।

उहाँले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताउनुभयो । सार्कले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उहाँले बताउनुभयो ।

यहाँस्थित पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रशन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिनुभयो ।

विगत चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि रु १० हजारका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

गत वर्ष उक्त कार्यक्रमबाट १५० जना विद्यार्थी लाभान्वित भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...