Friday, February 24, 2017

अस्पतालको सेवा सुविधा गुणस्तरीय र भरपर्दो हुनुपर्छ: मन्त्री थापा

काठमाडौँ, १३ फागुन । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमा मात्र ध्यान नदिई सेवा र सुविधा समेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताउनुभएको छ ।

स्वास्थ्य मन्त्री थापाले आज काठामाडौँको सोह्रखुट्टेमा पर्यटक लक्षित २५ शय्याको ‘एरा हेल्थ सेन्टर’ को उद्घाटन गर्दै सरकारले तोकेको मापदण्ड पुर्याएर सञ्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अस्पतालका अध्यक्ष डा गिर्वाणराज तिमिल्सिनाले कुनै पनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौँं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । “भविष्यमा यसलाई एसियाकै उत्कृष्ट ट्राभलर सेन्टर बनाउने उद्देश्य छ,” उहाँले भन्नुभयो ।

मुलुकमा विदेशी नागरिकका लागि मात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताउनुभयो । सो अस्पतालबाट बिरामीले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार सेवा पाउनसक्ने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...