Thursday, February 2, 2017

कृषिलाई आधुनिकीकरण गर्नुपर्ने : ओली

काठमाडौँ, २० माघ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घले आज यहाँ आयोजना गरेको दक्षिण एसियाली किसान सम्मेलन शुभारम्भ गर्दै अध्यक्ष ओलीले कृषिलाई व्यावसायिक बनाएर देशलाई कृषिमा नै आत्मनिर्भर बनाउनु पर्ने बताउनुभएको हो ।

“किसानमा अझै पनि पुरानो पद्धतिअनुसार खेती गर्ने बानी छ”, उहाँले भन्नुभयो – “नयाँ प्रविधि प्रयोग गरी कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउनुपर्दछ ।”

भूमिमा असमान वितरणले वास्तविक कृषकसँग भूमिको पहुँच नभएकार्ले ै भूमिको समान वितरण गरेर राज्यले कृषकलाई भूमि उपलब्ध गराउनु पर्ने धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले केही वर्षयता हाउजिङ र प्लटिङका नाममा उर्वर भूमिलाई नष्ट गरेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गरेर देशलाई राजनीतिक सङ्क्रमणकालबाट टुङ्ग्याउनुपर्ने पनि बताउनुभयो ।

एमाले उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष वामदेव गौतमले सबै दलको सहयोग भए १० वर्षभित्रमा नेपालमा समाजवाद आउने दाबी गर्नुभयो ।

सम्मेलनले नवउदारवाद र यसले किसानलाई पारेको नकारात्मक प्रभावका विषयमा छलफल गरी किसानको हक अधिकार, खाद्य सम्प्रभुता, जलवायु परिवर्तन, भूमि अधिकारका क्षेत्रमा नयाँ नीति तर्जुमा गर्दै नयाँ रणनीतिक योजनासमेत बनाउने महासङ्घका महासचिव बलराम बास्कोटाले जानकारी गराउनुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका १५ किसान सङ्गठनका अगुवाको सहभागिता छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...