मध्य पश्चिमी अफ्रिकामा रहेको एङ्गोला गणराज्यमा फेब्रुअरी १० तारिखमा एक भकुण्डो रङ्ग शालामा भागदौड मच्चिदा १७ जनाको ज्यान गएको छ l दर्जनौ घाइते भएका छन् l
उक्त दुखद घटना उत्तर पश्चिम शहर यूगी को भकुण्डो रंगशालामा भाग दौड हुने क्रममा रंगशालाको ढोकामा लड्न पुगी थिचिन गइ दुर्घटना घटेको भनि एंगोला तथा पोर्चुगल संचार माध्यमले लेखेका छन् l मृत्यु हुनेहरुमा बालबालिकाहरु समेत रहेको र सास फेर्न अप्ठेरो र चेप्टिएर मृत्यु भएको पोर्चुगल समाचार समितिले समेत उल्लेख गरेको छ भनि एपीले जनाएको छ l
दुखत घटना पछि एंगोलाका राष्ट्रपति जोस इडूआर्ड़ो डस सानटोस ले घाइते तथा मृत्यु भएका परिवारलाई समबेदना दिएका छन् l यसको साथै उनले गर्न अधिकारीलाई सहयोग गर्न आदेश दिनु को साथै घटनाको छानबिन गर्न समेत निर्देशन दिएका छन्
दर्शकहरु समुद्घाटन खेल हेर्न जानुको साथै सान्टा रिटा दे कासिया तथा रिक्रिटिवो दे लिबोलो खेल हेर्न गएका थिए भनि एपीले लेखेको छ l
No comments:
Post a Comment