नेल्सन मण्डेलाले नेतृत्व गरेको देश दक्षिण अफ्रीका संसदमा सांसद बीच कुटाकुट भएको छ l देश को विकास निर्माणमा जनता बाट चुनिएर गएका सांसद हरु बीच सद्भाव र मेलमिलाप हुनु पर्नेमा हात हालाहाल ,घोक्र्याउने र च्यापुमा टुटुल्को उठ्ने गरि कुटाकुट गरेका छन् l राष्ट्रपतिले मन्तब्य राख्ने क्रम मा सांसदले भाषण रोक्न हो हल्ला गरे पछि स्थिति बिग्रिन गई ठेलाम ठेल र कुस्ताकुस्ती परेको हो l
अफ्रीकाको राष्ट्रिय दुर दर्शनले गत बिहिबार फेब्रुअरी ९ तारिख प्रतक्ष्य प्रसारण गरेको थियो l संसदमा बिपक्षी दलका सांसद इकोनोमिक फ्रिडम फाइटरर्सले अफ्रिकन राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोप लगाउदै तथानाम गाली गरेका थिए l
रातो पोसाकमा आएका सांसदले सुरक्षा अधिकारीहरु लाई घचेट्दै कोठाबाट बाहिर खेद्ने प्रयास गरेका थिए l ४ सय भन्दा ज्यादा सेनाका सदस्यहरु भाषण को लागि सुरक्षाको लागि तैनात गरिएको बिबिसीले लेखेको छ l
राष्ट्रपति जुमा बिरुद्ध प्रदर्शनकारी उपस्थित रहेको केप शहर नजिक सेनाहरु तैनात गरिएको थियो l सन् २००९ देखि सत्तामा रहेका राष्ट्रपतिलाई नाताबाद र कृपाबाद र देशको अर्थतन्त्र बिगारेको र भ्रष्टाचारको आरोप लगाउदै राजिनामा दिन दबाव दिएका थिए l
No comments:
Post a Comment