बज्जिका भाषाको पत्रकारिता क्षेत्रलाई सकारात्मकरुपमा अगाडि बढाउन र बज्जिका पत्रकारितामा लागेकालाई प्रोत्साहन दिन अन्तर्राष्ट्रियस्तरको बज्जिका पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरिएको छ । रौतहट उद्योग वाणिज्य संघका पूर्व महासचिव एवं रेडियो मधेस मसला एफएम गरुडाका सञ्चालक बृजकिशोरप्रसाद यादवले दिवङ्गत मातापिताको स्मृतिमा बज्जिका पत्रकारिता पुरस्कारको स्थापना गरेका हुन् ।
पिता दुर्गाप्रसाद यादव र माता भवानीदेवी यादवको स्मृतिमा पच्चीस हजार रुपैयाको दुर्गा–भवानी अन्तर्राष्ट्रिय बज्जिका पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गर्दै यादवले हरेक वर्ष एकजना बज्जिका पत्रकारलाई सम्मानपत्रसहित नगदले सम्मानित गरिने बताएका छन् । बज्जिका पत्रकार संघ नेपालको प्रथम सम्मेलनमा मन्तव्य दिँदै यादवले देश र विदेशमा बज्जिका पत्रकारिता गरिरहेका सबैलाई पुरस्कारको स्थापनाले उत्साह दिने बताएका छन् । पुरस्कारको रकम आफूले उपलब्ध गराउने र बज्जिका पत्रकार संघ, नेपालले व्यवस्थापन गर्ने पुरस्कारका लागि अक्षयकोषको व्यवस्थासमेत गर्दै जाने यादवले बताएका छन् । आगामी वर्षदेखि एक विशेष कार्यक्रमको आयोजन गरी पुरस्कार प्रदान गरिने यादवले बताएका छन् । आफूसमेत संलग्न रहेर बज्जिका पत्रकार संघ, नेपालको अगुवाईमा एउटा प्रतिभा छनौट समिति गठन गरिने यादवले बताएका छन् ।
No comments:
Post a Comment