चितवन, १८ फागुन । देशैभरमा माओवादीहरु वीचमा नै एकले अर्कोलाई हेप्ने र गिराउने खेल भईरहदाँ चितवनमा सबै माओवादीहरु एक जुट भएका छन् । जुन देशैभरका माओवादीहरुका लागि नमुना समेत बनेको छ । चितवनमा माओवादीहरु सम्बद्ध सबै पत्रकारहरु अबका दिन देखि एकजुट भएर अगाडी बढ्ने निर्णय गरेका हुन् । जसको उद्दाहरणकाहरुमा यतिवेला माओवादी निकट पत्रकाहरुले चितवनबाट सबै माओवादी एकजुट हुने अभियान सुरु गरेका हुन् । नेपाल पत्रकार महासंघ चितवनको यहि फागुन १७ गते हुने अधिवेशन एकाएक शुद्धिकरण र पत्रकार महासंघ सबै साझा हुनुपर्ने अडानका कारण स्थगित भएपछि यतिवेला प्रचण्ड माओवादी निकट नेपाल प्रेस सेन्टर, वैद्य माओवादी निकट क्रान्तिकारी महासंघ र विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनहरु अधिवेशन कार्यगत एकता गर्दै एकजुट भएर अगाडी बढ्ने संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । नेपाल प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, वैद्य माओवादी निकट क्रान्तिकारी महासंघका केन्द्रिय सदस्य शंकर सुवेदी र विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनका चितवन जिल्ला अध्यक्ष एवं केन्द्रिय कोषाध्यक्ष नवराज ढकालद्धारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा यस्तो सहमति भएको हो ।
देशैभरमा एक माओवादीले अर्कोलाई हराउने खेल लागेका वेला चितवनका माओवादी पत्रकारहरु एकजुट हुनुलाई चितवनका पत्रकारहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । भने प्रेस युनियन समेत भई सदस्यता शुद्धिकरण र आर्थिक पारदर्शी लगायतका कुरालाई ध्यानार्कषण तत्काल कार्यान्वयन गराउने, सदस्यता शुद्धिकरणका विषयमा भएको ९ बुदें सहमति कार्यान्वयन गर्न दवाव दिने, पत्रकार महासंघ सबैको साझा संस्था भन्ने मान्यतालाई आत्मसाथ गर्दै सबैको प्रतिनिधित्व हुने गरि सर्वसहमत नेतृत्व चयन गराउन पहल गर्ने र तीनवटै संगठन मिलेर साझा उम्मेदवार सहमति सहकार्यका आारमा तय गर्ने विज्ञप्तीमा उल्लेख छ ।
No comments:
Post a Comment