आज मण्डला रेस्टुरेन्ट,मैदान पासार,क्वालालम्पुरमा नेपाली प्रवासी सितोरियो कराते संघले सम्मान कार्यक्रम गरेको थियो।नेपाल बाट फेब्रुअरी २५,२६ २०१७ मा ८ सेलनाइट अन्तर्राष्ट्रिय कराते कपमा सहभागी हुन मलेसिया आउनुभएका कराते गुरु र खेलाडी लाई आज बिहान सम्मान गरिएको छ,सम्मानित हुनुहुनेमा..नेपाल सोतोकान कराते महासंघका महासचिव तथा प्रमुख प्रशिक्षक साथै AKF रेफ्री श्याम शेर्पा साथै जापान गोजुरियो कराते डाे केन्वाकाइ संघ नेपालका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक साथै WGKF & AKF रेफ्री विशनसिंह खड्का र जापान गोजुरियो कराते डाे केन्वाकाइ संघ नेपालका राष्ट्रिय खेलाडी निर्मल पुन लाई एक कार्यक्रम गरि सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि NRNA,Malaysia का महासचिव सुन्दर आले मगर र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षक योगेन्द्र कोइराला ले सम्मानित गुरु तथा खेलाडीलाई दोसल्ला ओढाइ सम्मान पत्र साथै मायाको चिनो प्रदान गर्नु भएको थियो। कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका वरिष्ठ उपाध्यक्ष तथा पदकधारी कर्ण बहादुर राई साथै सचीव भिम बहादुर महर र खेलाडी तुलाराम धामी सहभागी हुनुहुन्थ्यो……सम्मानित गुरु तथा खेलाडी आजै नेपाल फर्किनु हुने भएकोले सोही कार्यक्रममा बिदाई पनि गरिएको थियो, कार्यक्रम,योगेन्द्र कोइरालाको सभापतित्वमा सम्मपन्न भएको थियो l
No comments:
Post a Comment