Monday, March 6, 2017

चलचित्र ‘पलाँस’को ट्रेलर सार्वजनिक, नायिका थापा मुख्य भूमिकामा

 

धनराज वास्तविक : काठमाडौं, २३ फागुन । आगामी चैत १८ गतेदेखि प्रदर्शनमा आउन लागेको लोकप्रिय नायिका रेखा थापा मुख्य अभिनित नेपाली चलचित्र ‘पलाँस’ को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा नायिका रेखा थापा कोठीमा पुगेकी युवतीको जीवनमा आईपरेका चित्रलाई अभिनय माफर्त सन्देश प्रवाह गर्ने भूमिकमा प्रस्तुत भएकी छिन् ।
त्यसै गरि नायक आयुव केसी रेखाका प्रेमीको भूमिकामा छन् भने कलाकार आयुव केसी भिलेनको रुपमा प्रस्तुत छन् । कृषा चौंलागाईंको निर्माण तथा सुवास कोइरालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘पलाँस’ नेपाल–भारत सिमानामा हुने हिँसा र चेलिबेटी ओसार पसारको कथामा आधारित छ ।
फिल्ममा रेखा, आयुव र कामेश्वरको मुख्य भूमिका छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts