Monday, March 6, 2017

मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, २४ र २५ मधेस बन्द

काठमाडौं, २३ फागुण। मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भए लगत्तै आकस्मिक बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो ।

आज साँझ संघीय समाजवादी फोरम नेपालको केन्द्रिय कार्यालय तीन कुनेमा बसेको मोर्चाको बैठकले गरेको निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने छ ।

त्यस्तै मोर्चाले भोलि र पर्सि मधेश बन्दको घोषणा गरेको छ। सप्तरी घट्नाको विरोधमा राष्ट्रिय मधेश समाजवादी पार्टी महासचिव केशव झाका अनुसार मोर्चाले भोलि सरकारलाई दिएको समर्थन फिर्ता बारे सभामुखलाई पत्र बुझाउने भएको छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...