Monday, March 6, 2017

केही गर्न सक्छु मैले कम्जोर नठान्नुस् : सापकोटा

धनराज वास्तविक : काठमाडौं, २३ फागुन। मोरङ ४ मधुमल्लामा बाबा हेमन्त र लक्ष्मी सापकोटाको कोखबाट २०५२ सालमा जन्मिएकी सन्ध्या सापकोटा पछिल्लो समयमा मुक्तकका पंङ्तीहरुमा साहित्यिक पन खोजिरहेका छन्।

सानै उमेरकी भएपनि सापकोटाले मनभित्रको मन नामक मुक्तक संग्रह प्रकाशित गरिसकेकी छिन्। यहि कार्यलाई निरन्तरता दिन सकेको खण्डमा सापकोटाको साहित्य यात्रा अरु भन्दा पृथक बन्ने देखिन्छ। आजको सर्जक र सिर्जनामा उनको यो मुक्तक

मुक्तक

बेरोजगार यो देशको भर कहिल्यै पर्दिन ।
गरिरहेँ परिश्रम अल्छी कहिल्यै गर्दिन ।।

केही गर्न सक्छु मैले कम्जोर नठान्नुस् ।
कसैको प्रगतिमा ईर्ष्या कहिल्यै छर्दिन।।

सन्ध्या सापकोटा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...