Monday, March 20, 2017

नेपालीको साझा मानसिकता बनाउन आवश्यक : सञ्चारमन्त्री

काठमाडौँ, ७ चैत । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल बनाउने साझा मानसिकताको विकासका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो— “विश्वका अरु मुलुकभन्दा नेपाल पछाडि पर्नुमा नेपालीत्वको मानसिकता कमजोर भई पार्टीगत पक्षधरता हाबी हुनु हो ।”

मन्त्री कार्कीले भन्नुभयो – “गणतन्त्र नेपालमा जनताका अपेक्षा धेरै छन्, तिनलाई पूरा गराउने राज्यको पहल जारी रहनेछ, यसमा पत्रकारिता क्षेत्रको पनि भूमिका उत्तिकै आवश्यक छ, नकारात्मक र राजनीतिक हाबीमा भन्दा सकारात्मक र जनताका हितका समाचार लेखेर राष्ट्र«लाई योगदान हुन सक्छ ।”

पत्रकारको न्यूनतम पारिश्रमिक कानुन बमोजिम उपलब्ध गराउन सञ्चारगृहलाई ध्यानाकर्षण गराएको बताउँदै उहाँले त्यसो भएमा सरकारले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिने स्पष्ट पार्नुभयो ।

सो अवसरमा महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारका मुद्दामा आफूहरुले निरन्तर आवाज उठाएर पनि पूर्ण कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

शाखाका अध्यक्ष शालिक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक सचिन रोका, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीलगायतले अधिवेशन सफलताको कामना गर्नुभयो । शाखाको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...