Monday, March 20, 2017

नारा लगाउँदै बाहिरिए मोर्चाका सांसद, सप्तरी घटना छानविन गर्न माग

काठमाडौं, ७ चैत । नेपाल सद्भावना पार्टीकी सांसद डिम्पलकुमार झाले सप्तरी घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि छानविन आयोग गठनको माग गरेकी छिन् ।

संसदको सोमबारको बैठकमा बोल्दै सांसद झाले भनिन्, ‘मधेसी जनताले आन्दोलन गर्दा गोली चलाउने गरिन्छ । सप्तरीमा पनि यस्तै भयो । सप्तरी घटनाका विषयमा सत्यतथ्य पत्ता लगाउन तानविन आयोग बनाउनु पर्छ ।’ उनले घटनाका विषयमा सही कुरा बाहिर नआएको बताइन् ।

सरकार गठनका बेला भएको सहमति कार्यान्वयनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यान्वयन नगरेको भन्दै सांसद झाले आपत्ति जनाइन् । उनले भनिन्, ‘संसदमा विचाराधीन रहेको संविधान संशोधनको विधेयकलाई परिमार्जनसहित पारित गर्नुपर्छ । सहमतिका साथ अगाडि बढौं भन्ने मान्यता राख्छौँ ।’

मधेसी जनताले अधिकार माग्दा अराष्ट्रिय तत्व भनेकोमा आक्रोशित भएकी सांसद झाले भनिन्, ‘हामी पनि राष्ट्रवादी हौँ । आसंका गर्नुपर्ने आवश्यक्ता छैन ।’

सांसद झाले बोलेर सकेपछि मधेसी मोर्चामा आवद्ध दलका सांसदहरूले संसद बहिष्कार गरेका थिए । उनीहरूले नारावाजी गर्दै सदनबाट बाहिरिएका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...