Monday, March 20, 2017

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

काठमाडौँ, ७ चैत । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताउनुभएको छ ।

आज प्रेस विज्ञप्ति प्रकाशित गरी उहाँले राप्रपाको विधानमा उल्लेखित राजतन्त्रको पुनःस्थापना र धर्म निरपेक्षता संविधान विपरीत भएकाले नीतिगत रूपमा हामीले उक्त अवधारणालाई गलत मान्दछौँ र त्यसको कडा शब्दमा विरोध गर्दछौं भन्नुभयो ।

कुनै पनि राजनीतिक पार्टीले बेग्लै मत राख्न पाउने वा सङ्घर्ष गर्न पाउने अधिकार संविधानमा सुरक्षित भएकाले राप्रपाले आफ्नो विधान वा घोषणापत्रमा के राख्दछ भने त्यसलाई गलत भन्न मिल्दैन, उहाँले विज्ञप्तिमा भन्नुभएको छ — राप्रपाको विधानमा राखेका विषयलाई हटाउनका लागि निर्वाचन आयोगले दिएको निर्देशन गलत भएको ठहर आफ्नोे पार्टीको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...