Friday, March 17, 2017

हास्य टेलिचलचित्र हाक्का हाक्कीको सेतो साढेको पात्रको रुपमा चर्चित बन्दै अभिनेता प्रकाश न्यौपाने

काठमाडौँ : प्रसिद्द फलफुलका थोक ब्यापारी प्रकाश चन्द्र न्यौपाने हास्य टेलिचलचित्र हाक्का हाक्की मार्फत कलाकारितामा चर्चित बन्दै गएका छन l बिगत लामो समय देखि नेपाल टेलिभिजन बाट हरेक आइतबार राति ८:५० मा प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीमा सेतो साढेको पात्रको रुपमा दर्शकहरुको मनमा बस्न सफल सेतो साढे अर्थात प्रकाश चन्द्र न्यौपाने आफ्नो अभिनय अनि प्रस्तुतिका कारण कुशल अभिनेताको रुपमा स्थापित हुदै गएर अहिले दर्शक श्रोता माझ चर्चित बन्दै गएका छन् ल

बिगत पन्ध्र बर्ष देखि फलफुलका होलसेल ब्यापारी भएर आफ्नो ब्यापार ब्यबसाय गर्दै आएका उनि नेपालमा मात्र नभएर देश बिदेशमा समेत फलफुल आयात निर्यात गर्दछन l सानै उमेर देखि कलाकारितामा सौखिन राख्दै आएका सेतो साढे अर्थात प्रकाश चन्द्र न्यौपाने अन्तत आफ्नो कलाकारितालाइ मुर्त रुप दिन चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्की मार्फत आफ्नो कलाकारितालाइ प्रस्तुत गर्दै अहिले चर्चित पात्र सेतो साढेको रुपमा दर्शक श्रोताको माझ चर्चित हुदै एक स्थापित कलाकार बन्ने सोचका साथ आफ्नो कलाकारितालाई अझ निखारता प्रदान गर्दै आगामी दिनहरुमा दर्शक श्रोताहरुको चाहना अनुसार अनि दर्शकहरुको सल्लाह सुझाबलाइ आत्मासाथ गर्दै अगाडी बढ्ने कुरा उनि बताउछन l

नेपालको सबै भन्दा ठुलो फलफुलको होलसेल व्यापारमा संलग्न भएर ब्यबसाय गर्दै आएका कुशल तथा सफल ब्यापारी प्रकाश चन्द्र न्यौपाने नेपाल फलफुल थोक ब्यापार संघका पुर्ब उपाधक्ष्य समेत भएर ६ बर्ष सम्म काम गरे त्यसैगरि उनि फलफुल बजार बहुउदेश्य सहकारीका संचालक तथा अधक्ष्य समेत रहेका छन l

चाडैनै चलचित्र तथा म्युजिक भिडियोमा समेत देखा पर्न लागेका अभिनेता प्रकाश चन्द्र न्यौपाने आफ्नो ब्यापार ब्यबसाय संगै कलाकारितालाइ समेत एकसाथ अघि बढाउदै भविष्यमा अनुकुल बाताबरण मिलेमा आफैलै समेत चलचित्र निर्माण गर्ने सोचका साथ कलाकारितामा दिन प्रतिदिन ख्याति बटुल्दै गएका छन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...