अमेरिकाको अलाबामा राज्यको बरमिङ्गह्याममा २५ बर्षिय एक महिला चमत्कारिक रुपमा अपहरणकारी ले कारको पछाडिको बन्द ट्रङ्क (डिकी) बाट ज्यान बचाउन सफल भएकी छिन् l
अपहरणमा परेकी उक्त महिला गत मंगलबार राती बरमिङ्गह्याम शहरको एभोनडेल बाट आफ्नो कोठा जाने क्रममा करिव १० :३० बजे हिड्दै गर्दा अपहरणमा परेकी थिइन् l संदिग्ध उक्त पुरुषले नजिक आएर बन्दुक तेर्साएर पैसा माग्दा नगद नभएकोले जबर्जस्त कारको पछाडिको डिकीमा बस्न बाध्य बनाएको थियो l भाग्यवस पछाडिको बन्द भएको डिकी खोलि हामफालेर ज्यान बचाएकी छिन् l
पिडित उक्त महिलाले प्रहरीलाई जानकारी दिए अनुसार थुप्रै स्थानमा गएको बताएकी थिइन् l प्रहरीका अनुसार उक्त संदिग्ध व्यक्तिले उनको उधारो पत्र (क्रेडिट कार्ड ) प्रयोग गर्दै एटिएम बाट पैसा निकाल्ने प्रयास गरेको हुनु पर्छ भन्ने ठहर गरेका छन् l
अपहरित उक्त महिला बेसेमर सडकको इन्धन चौकी (ग्यास स्टेसन )बाट जव उ गाडी चलाउन थालेको अवस्थामा बन्द भएको ट्रङ्क (डिकी )खोलि भागेकी थिइन् l इन्धन चौकी कुदेर गएर प्रहरीलाई ९११ मा खबर गरेकी थिइन् l
उनको निसान अल्टिमा कार बुधबार बिहान उनि बस्ने कोठा नजिक फेला परेको एबिएस समाचारले लेखेको छ l
No comments:
Post a Comment