Thursday, March 16, 2017

कोरियाली द्विपको आणविक मुद्दाबारे अमेरिकाले नयाँ धारणा ल्याउने

टोकियो (जापान), ३ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कोरियाली प्रायद्विपको आणविक मुद्दाबारे नयाँ धारणा आवश्यक भएको बताउनुभएको छ ।

जापानको राजधानी टोकियोमा जापानी समकक्षी फुमिओ किसिदासँग गरेको संयुक्त पत्रकार सम्मेलनमा विगत २० वर्षयता कोरियाली प्रायद्विपलाई आणविक हतियार प्रयोगमा संवेदनशील बनाउन गरिएको प्रयास असफल भएको र अब नयाँ धारणासहितको पहल आवश्यक भएको अमेरिकी विदेशमन्त्रीको भनाई थियो ।

सम्मेलनमा उहाँले आफ्नो एसियाली मुलुकको भ्रमण परस्पर दृष्टिकोण आदानप्रदान गर्नेमा केन्द्रित रहने बताउँदै यसअवसरमा आफूले सोल, बेइजिङ र प्योङयाङसँग गहन छलफलमा खर्चिने बताउनुभयो ।

किसिदाले जापान, अमेरिका र दक्षिण कोरियाबीच सहकार्य गर्दै उत्तर कोरियालाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव अनुसार अनुत्तेजक बन्दै अघि बढ्न आग्रह गरिने बताउनुभयो । टिलरसनले यसैहप्ताको अन्त्यतिर दक्षिण कोरिया र चीनको भ्रमण गर्नु हुनेछ । – सिन्ह्वा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...