Tuesday, March 14, 2017

प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन।

प्रवासी नेपाली मंच युएईले गत शुक्रबार १० मार्चका दिन अबुधाबीमा एक भेलाको आयोजना गरि आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन गरेको छ। प्रबासी नेपाली मंच युएई राष्टिय कमिटीका अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यतामा आबुधाबीको एक होटेलमा सम्पन्न भएको उक्त भेलाले पुन्य प्रसाद शर्मा ( पुस्कर) को अध्यक्षतामा १५ सदस्यिय आबुधाबी क्षेत्रिय समितिको गठन गरेको छ। जसमा उपाध्यक्षमा बुद्धि प्रसाद सापकोटा , सचिबमा विमल कार्की सहसचिवमा सुमन तिमिल्सिना तथा सदस्यहरुमा पुरुषोत्तम सापकोटा ,चन्द्र दाहाल, अनु शिवाकोटी ,नरेश क्षेत्री, कर्ण ओलि, सुर्य खवास भुजेल , युना खड्का र खेतुलाल अधिकारी रहेका छन्।

 

कार्यक्रममा बोल्दै मंचका अध्यक्ष श्याम कंडेलले युवा वर्गको जोश, जांगर र उत्साहलाई निरर्थक खेर नफाली संगठनमा आबद्द भएर राष्ट्र निर्माणका लागि सक्दो योगदान गर्नु पर्ने तथा समाज र राष्ट्र परिवर्तनको अभिभारा युवा वर्गकै काँधमा आइपरेकाले सम्पुर्ण युवाहरूलाई जिम्मेवारी बोध गरि एक ढिक्का भएर अघि बढ्न आग्रह गर्दै राष्ट्रिय एकता र अखण्डतालाई आत्मसात गरि अग्रगामी परिवरतनका पक्षमा रहेका सम्पुर्ण युवाहरू प्रबासी नेपाली मंच युएईमा आबद्द हुन आग्रह गर्नु भयो।

ज्ञात अज्ञात शहिदहरू प्रति मौन धारण मार्फत सम्मान अर्पण गरि शुरु भएको उक्त कार्यक्रममा पानसमा बती बालेर उद्घाटन गरेको थियो। आठौ अधिबेसन मार्फत निर्बाचित भएका आबुधाबी क्षेत्रिय समितिका सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिइएको थियो। उक्त कार्यक्रममा मंचका महासचिब भेषराज ढकाल तथा सचिबालय सदस्य तथा स्कुल बिभाग प्रमुख श्याम पाठक अतिथि रहेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...