Tuesday, March 14, 2017

एनआरएन अमेरिकाको अध्यक्ष पदको प्रत्यासी रविनाको साथ लस एन्जलसमा अन्तरक्रिया कार्यक्रम

अमेरिका, लस एन्जलस, १३ मार्च / एनआरएन अमेरिकाको सदस्यता वितरण तथा संस्थाको भावी दिशाको विषयमा एनआरएन अमेरिकाको वर्तमान उपाध्यक्ष तथा अध्यक्ष प्रत्यासी रविना थापाको साथ आज क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ,एनआरएन क्यालिफोर्निया च्याप्टरको आयोजनामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको उम्मेद्वारी दिन लागेका रामबाबु पाण्डे, महाबाणिज्यदुत ऋषि ढकाल, लस एन्जलस क्षेत्रका पर्यटनदुत रामेश्वर भण्डारी, नेपाल अमेरिका पत्रकार सङ्घका पूर्व सचिव सुदिप पन्त, नेपाल अमेरिका पत्रकार संघका पूर्व क्षेत्रीय संयोजक पुरुषोतम ढकाल, अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजका केन्द्रीय कोषध्यक्ष शान्तिराम ढकाल, श्रीपशुपतिनाथ फाउनडेशन युएसएका अध्यक्ष भक्त थापा, बौद्धिक संसार साहित्यिक प्रतिष्ठानका अध्यक्ष तथा एनआरएनए आईसिसि का उम्मेदवार बलराम थापा, नेपाल अमेरिका एकता समाजको पूर्व अध्यक्ष-एनआरएन अमेरिकाको पूर्व महिला संयोजक तथा एनआरएन अमेरिकाको उपाध्यक्षको उम्मेदवार उमा कार्की थापा,नेपाली जन सम्पर्क समिति लस एन्जलस च्याप्टरका अध्यक्ष मदन पातक तथा उपाध्यक्ष रेख उप्रेती, नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष टेक लामा, एनआरएनए आईसिसिका सल्लाहाकार दिल बहादुर श्रेष्ठ, एनआरएन अमेरिकाको सह-सचिव संगीता लम्साल सिवाकोटी, एनआरएन अमेरिका महिला समितिको इन्दिरा त्रिपाठी, एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरका सदस्य नवीन पोखरेल लगायत स्थानीय सङ्घ-संस्थाका प्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियो ।

एनआरएन अमेरिकाको वेबपेज धेरै छाप भएको कारणले गर्दा केही प्राविधिक समस्या आएतापनि यसको समाधान गर्नको लागि परेको जानकारी गराईन । पछिल्लो समयमा घन्टौ सम्म संस्थाको वेबपेज डाउन भएर सदस्य बन्नेहरुलाई समस्या परिरहेको छ । उनी मेरिल्याण्डमा रहेको बाना पूर्व अध्यक्ष रहेर तथा हाल पनि उपाध्यक्षको रूपमा सामाजिक सेवा गरिरहेकी छिन । उनले नेपालमा भूकम्पबाट क्षतिग्रस्त स्कुल भवन निर्माणमा सहयोग गर्नुका अलावा अन्य सामाजिक कार्यमा समेत सहयोग पुर्याउदै आएकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...