Tuesday, March 28, 2017

अमेरिकन टोलि बाट नेपाली मूलका प्रतिभाशाली भकुण्डो खेलाडी बिशेष अधिकारी बार्सिलोना जादै

 

अमेरिकाको नेब्रास्का राज्यको ओमाहा मा बस्दै आएका नेपाली मूलका १४ बर्षिय प्रतिभाशाली किशोर बिशेष अधिकारी अमेरिकन (सकर )भकुण्डो टोलि को तर्फ बाट स्पेन को बार्सिलोनामा भकुण्डो प्रतियोगिता खेल्न जाने भएका छन् l

अमेरिका को टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनि अमेरिकन भकुण्डो टोलिमा पर्न सफल भएका हुन् l उनलाई एफसी बार्सिलोना का प्रशिक्षकले छनौट गरेका हुन l अमेरिकन भकुण्डो टोलीको प्रतिनिधित्व गर्दै एक्स्कुसिव २०१७ एफसीबि एस्कोला इस्टर प्रतियोगितामा भाग लिने छन् l

पुर्खौली घर चितवन रामपुर भै आमा बुवा साथमा नेब्रास्का बस्दै आएका अधिकारी सानै देखि भकुण्डो खेल्दै आएका हुन् l उनि नेब्रास्काको लिङ्कन को म्यागेलन सकर क्लबमा संग आबद्ध रहेका छन् l सन् २००३ मा जन्मेका अधिकारी अहिले नेब्रास्का राज्यको नेब्रास्का ओलम्पिक विकास टोलि अन्तरगत छनौटमा परेका हुन् l

उनले हप्तामा ५ दिन भकुण्डो को प्रशिक्षण को साथै चुस्त र फुर्तिलो हुन् ३ दिन तालिम लिई रहेका छन् भने उनले १२ बर्ष मुनि उमेर समुहको प्रतियोगितामा स्थानीय स्तर तथा राज्य बाट संचालित थुप्रै खेलमा सहभागी जनाएका छन् l

उनि भकुण्डो खेलका उदियमान तथा होनहार खेलाडी हुनु को साथै पढाईमा पनि त्यतिकै उत्कृष्ट बिद्यार्थी हुन् l र ,भोलि मार्च २९ तारिख अमेरिकामा बाट उनि र अमेरिकन सकर टिम (भकुण्डो टोलि )बार्सिलोना उड्ने छन् l र ,अमेरिकामा जन्मिएका अधिकारी नेपाली बुझ्ने तर बोल्न अलिक बिस्तारो र गाह्रो संग बोल्दछन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...