Tuesday, March 28, 2017

सन फ्रान्सिस्कोका नेपाली बिद्यार्थीले एबिसी को साथै कखग पनि सिक्न पाउने ,नेपाली भाषा कक्षा संचालन

अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका बिद्यार्थीहरुका लागि नेपाली भाषा पाठशाला संचालनमा ल्याईएको छ l बिशेष गरि अमेरिका जन्मेका दोश्रो पुस्तालाई लक्षित गर्दै पढाई सुरुवात गर्न थालिएको छ l उक्त क्षेत्रमा सामाजिक सेवामा राम्रो काम गर्दै आएको क्रिएटिव नेपाल युथ अर्गनाइजेसन को पहलमा गत मार्च २६ देखि संचालनमा ल्याएको हो l

उक्त बिद्यालयमा हरेक महिना को दोश्रो तथा चौथो आइतबार दिन को १-३ बजे सम्म पठन पठन गराईञ्छ l पढ्नको लागि एल सिरितो ,अल्बनी, रिचमण्ड ओकलेण्ड, पिनोलमा बस्ने बिद्यार्थीको सहज भएको छ l र उक्त पहिलो दिन ३० माइल टाढा रहेको डेली सिटी बाट प्रिना कार्की अति उत्सुकता साथ स्कूल मा उपस्थित रहेकी थिइन् l

पहिलो दिन को कक्षामा ४५ बिधार्थी रहेका थिए भने करिब ३ बर्ष देखि १३ बर्ष सम्मका बालबालिका को उपस्थिति रहेको थियो l उक्त बिद्यालयमा संस्थाको तर्फ बाट सभापति सुबाश थापा ले बिधार्थीलाई स्वागत गर्नुको साथै धन्यवाद दिएका थिए l

नेपाली भाषाको बिद्यालय का शिक्षिका शोभा राईले कक्षाको सुरुवात गरेकी थिइन् l पहिलो दिन बिद्यालयमा बिद्यार्थी परिचय कार्यक्रम ,अभिभावक भेटघाट , क- ख -ग अक्षर को ज्ञान ,कथा ,बालबालिकाको आफ्नो प्रतिभा प्रस्तुति समेत गरेको जानकारी सस्थाका महासचिब पुण्य कार्कीले गराए l

कार्यक्रमको अन्त्यमा संस्थाका सल्लाहकार ईश्वर सिटौला ले खाजा वितरण गरेका थिए l बिद्यालय पुन अप्रिल ९ मा संचालन हुने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...