दाङ, १५ चैत । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले मधेसी मोर्चाले चुनावमा भाग नलिए पनि चुनाव भएर छाड्ने बताउनुभएको छ ।
मधेसी मोर्चालाई सहमतिमा ल्याउन दल लचिलो भएको प्रेस सेन्टर दाङले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पुनले भन्नुभयो, “मोर्चालाई सहमतिमा ल्याउने काम भइराखेको छ, सहमतिको गृहकार्यमा सरकार र दल लागिपरेका छन् ।”
लामो समयदेखि हुन नसकेको स्थानीय चुनावलाई सफल पार्नुपर्नेमा जोड दिँदै उहाँले मधेसी मोर्चा पनि चुनावदेखि भाग्न सक्दैन भन्नुभयो ।
नेता पुनले मोर्चालाई सहमतिमा ल्याउन तत्काल संविधान संशोधनको प्रस्ताव अघि बढाउने समेत बताउनुभयो । “सिमाङ्कनबाहेक अरु विषय संशोधन गर्ने अनौपचारिक सहमति भएको छ”– प्रधानमन्त्री चीनबाट फर्केपछि त्यो सहमतिले औपचारिकता पाउनेछ”– उहाँले भन्नुभयो । रासस
No comments:
Post a Comment