Tuesday, March 28, 2017

पानीमा डुबेर दिदीभाइको मृत्यु

रुकुम, १५ चैत । खाडलमा जम्मा भएको पानीमा डुबेर यहाँ एकै घरका दिदीभाइको मृत्यु भएको छ । सडक खन्ने क्रममा सडकमुनि बनेको खाडलमा जम्मा भएको पानीमा डुब्दा भुम्या गाउँपालिका–७ महत बागटारेका ११ वर्षीया सपना बुढा र आठ वर्षीय जितमानको मृत्यु भएको हो ।

आज अपराह्न विद्यालय जाने क्रममा भाइ पानीमा डुबेको र उसलाई पानीबाट निकाल्न खोज्दा दिदी पनि डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्यालयमा अपराह्न परीक्षा सञ्चालन भइरहेकाले ढिला गरेर बालबालिका विद्यालयमा गएका थिए । उनीहरुसँगै विद्यालय जाँदै गरेका अन्यले दिदीभाइ पानीमा डुबेको देखेपछि स्थानीयवासीलाई खबर गरेका थिए । उनीहरु बलभद्र मावि थवाङ रोल्पामा एलकेजी र नर्सरीमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...