Wednesday, March 22, 2017

अमेरिकाको लायन्स क्लवबाट पहिलो नेपाली डिस्ट्रक्ट गभर्नर राजेन थापा वन्दै

अन्तरास्ट्रिय लायन्स कल्बले यहि आउदो जुलाइको पहिलो सप्ताह अमेरिकाको सिकागो सहरमा भव्य रुपमा ऐतिहासिक सत बार्षिकी कार्यक्रम मनाउदै छ। विश्व प्रसिद्ध सहर सिकागोमा हुने उक्त सम्मेलनमा सहभागी हुन् विश्वको १२० भन्दा धेरै देशका २०,००० भन्दा धेरै प्रतिनिधिहरु आउने भएका छन्

उक्त महासम्मेलनमा विश्व भरिबाट आएका डिस्ट्रिक गभर्नरहरुले अन्तरास्ट्रिय अध्यक्ष लगायात सम्पूर्ण कार्यसमिति संगै सपथ ग्रहण लिदै छन्। सोहि क्रममा हाल विश्वको हरेक स्थानमा रहेको लायन्स क्लबहरुमा नया कार्यसमितिको निर्वाचन धमाधम हुदै छ र हरेक बर्ष जुलाई को पहिलो साताबाट नया समितिले आफनो कार्यभार सम्हाल्ने परम्परा लायन्स क्लबमा रहेको छ।

सोहि अनुरुप नेपाल बाहिर सम्भवत पहिलो पल्ट नेपाली मुलका राजेन थापा अमेरिकाको क्यालिफोर्निया अन्तर्गत डिस्ट्रिक ४ सी ३ को गभर्नर हुने निश्चित भई सकेको जानकारी डिस्ट्रिक गभर्नर यान भल्टर ले “मिट एन्ड ग्रिट ” कार्यक्रममा आफ्नो मन्तब्य दिने क्रममा जानकारी गराउदै अग्रिम बधाई समेत दिएका थिए।

नेपालमा शिक्षा क्षेत्रमा लामो योगदान पुर्याउनु भएका र अमेरिकाको क्यालिफोर्नियामा सफल व्यवसायी तथा चहकिलो समाजसेवीको छवी वनाउन सफल राजेन थापाको अध्यक्षता मा पहिलो पल्ट आज भन्दा एघार बर्ष अघि २००६ मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्ण को स्थापना भएको थियो l हाल आएर यस क्षेत्रमा ५ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भइ सकेको र सो क्लबहरुले बिबिध सेवा मुलक कार्यहरु गर्दै आई रहेको छ।

यसै सन्दर्भमा हालै क्यालिफोर्निया को रोसमुर सहरमा संयुक्त रुपमा डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन राजेन थापा, फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन स्किप जेण्डर तथा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नरका उम्मेदवार ड्युक डुनहामको पहलमा परिचयात्मायक “मिट एण्ड ग्रीट” कार्यक्रमको आयोजाना गरिएको थियो।

जसको संयोजकमा बर्क्ली अन्नपुर्ण का भूतपूर्व अध्यक्षा लक्ष्मी चौधरी रहेकी थिइन्। उक्त कार्यक्रममा बर्क्ली मकालु लायन्स क्लबकी नृत्य निर्देशिका संगीता शर्मा र बर्क्ली अन्नपूर्ण कि दोश्रो उपाध्यक्ष बिन्दु सापको द्वारा क्रमस बज्रयोगिनी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गरिएको थियो । त्यसै गरि अन्य स्थानीय कलाकारहरुले समेत नेपाली , अंग्रेजी र स्पेनिस नृत्यहरु समेत प्रस्तुत गरेका थिए।

कार्यकमलाई दुइ चरणमा बिभाजन गरिएको थियो जसमा पहिलो चरणको औपचारिक कार्यक्रमको संचालन डिस्ट्रिक ४ सी ३ का जोन चियरमेन / बर्क्ली अन्नपूर्णका निबर्तमान अध्यक्ष ध्रुव थापाले गरेका थिए। सांस्कृतिक कार्यकमको संचालन भने फ़्रिमन्ट सगरमाथा लायन्स क्लबकी महासचिव प्रि रिजालले गरेकी थिइन्। कर्यक्रममा हालका डिस्ट्रिक गभर्नर, भूतपूर्व डिस्ट्रिक गभर्नर लगायत थुप्रै क्लबका अध्यक्ष र नेपाली र अमेरिकी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै उपस्थित प्रतिनिधिहरु , आमन्त्रित व्यक्तित्वहरुले राजेन थापा र अन्य उम्मेदवारहरुलाई आउदो कार्यकालको सफलताको सुभकामना समेत व्यक्त गरेका थिए।

कार्यक्रममा भूतपूर्व गभर्नर गेरी वाङ्गले हालको प्रथम भाइस डिस्ट्रिक गभर्नर र हुने वाला गभर्नर राजेन थापाको परिचय बडो रोचक ढंगमा प्रस्तुत गरेका थिए भने उनको सफल नेतृत्वमा यस डिस्ट्रिकले धेरै उपलब्धि मुलक कार्यहरु गर्ने कुरामा बिश्वस्त रहेको जानकारी गराएका थिए।

उनले परिचय दिनेक्रममा ” राजेन थापाले सन् १९९६ मा नेपालमा छँदै लायन्स क्लवमा संलग्न भै लायोनिजम प्रारम्भ गरेको , क्यालिफोर्नियामा संस्थापक अध्यक्षको रुपमा लायन्स क्लब स्थापना गरेको र क्यालिफोर्निया लगायत भर्जिनिया र न्यूयोर्कमा समेत ५ वटा नेपाली लायन्स क्लव खोल्न बिशेष योगदान पुर्याउनु जानकारी गराएका थिए। वहा सन् २०१५-१६ मा सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर, सन् २०१६-१७ मा फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरका रुपमा उहाँ रहनु भएको छ ।

स्मरणीय छ अमेरिकाको क्यालिफोर्निया, टेक्सास, न्यू हाम्सायर, मासाच्यूसेटस्, न्यूयोर्क, मेरिल्याण्ड , भर्जिनिया लगायतका राज्यहरुमा नेपाली लायन्स क्लवहरु स्थापाना भै सञ्चालन भैरहेका छन्। उनको कार्यकालमा अखा सिबिर गराउन अमेरिकाबाट डाक्टर र लायन्स स्वम्सेवकहरुको टोलि लिएर नेपाल जाने तयारी समेत भएको जानकारी क्यालिफोर्निया नेभाडा लायन्स क्लबको वेबसाइटमा उल्लेखित छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...