Wednesday, March 22, 2017

सार्वजनिक बहसको आयोजना

नेपाल अमेरिका पत्रकार संघ नेजाले नेपाली समुदयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कार्यक्रम गर्दै आएको बिदितै छ, गैर आवासीय नेपालीहरूको
सङ्गठन ( एनआरएन) अमेरिकाको निर्वाचन आगामी मे महिनाको अन्तिम साता हुने भएको छ। आगामी नेतृत्वका लागि दर्जनौले विभिन्न पदहरुमा आ-आफ्नो
उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वारहरुले नेपालीहरुको वृहत्तर हितमा आफ्नो योजना , दृष्टिकोण र योग्यतालाई प्रस्ट पार्न र समुदायलाई उम्मेद्वारहरु सँग साक्षात्कार गर्ने वातावरण सिर्जना गर्ने योजना अनुसार नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)ले अमेरिका प्रमुख चार सहरहरूमा स्थानीय समुदाय र उम्मेद्वारहरुका बिच सार्वजनिक बहसको आयोजना गर्ने भएको छ ।

एनआरएन अमेरिका र त्यसका राज्य स्तरिय शाखाहरु तथा स्थानीय सङ्घ-संस्थाहरू सँगको सयुंक्त आयोजनामा सञ्चालनमा हुने सार्वजनिक बहसमा (
एनआरएन) अमेरिकाको भावी नेतृत्व, खास गरी, अध्यक्ष पदका आकांक्षीहरुसंग अमेरिकाको नेपाली समुदायसँग सम्बधित विभिन्न पक्षहरूमा सार्वजनिक बहस
गरिनेछ। बहसको खाका, विषय तथा प्रश्नहरू नेजाको सार्वजनिक बहस समुहले तय गर्नेछ ।

सार्वजनिक बहसको लागि तय भएका मिति तथा सहरहरु:

अप्रिल १५ शनिवार– डालस, टेक्सस

अप्रिल २९ शनिवार – न्यु योर्क

मे ६ , शनिवार – वासिङ्टन डिसी

मे १३, शनिवार – सान फ्रान्सिस्को, क्यालिफोर्निया

धन्यवाद ।

बाल जोशी
सयोंजक, सार्वजनिक बहस
नेपाल अमेरिका पत्रकार सङ्घ ( नेजा)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...