Wednesday, March 29, 2017

गायक राजेश पायल राई नाइजेरिया पुगे

नेपाली नयाँ वर्ष २०७४ को शुभ अवसरमा आगामी अप्रिल १ तारिखमा हुने कार्यक्रमको लागि गायक राजेश पायल राई नाइजेरिया पुगेका छन् l उनलाई स्वागत गर्न लेगोस विमानस्थलमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा ,एनआरएनए नाइजेरियाका सचिव रोशन थापा तथा सदस्य सागर सागर श्रेष्ठ पुगेका थिए l

गायक राई बिश्वका धेरै मुलुक भ्रमण गरेता पनि अफ्रिकी मुलुक नाइजेरिया उनको पहिलो प्रस्तुति हो l उनि निकै उत्साहित भएका छन् भने उनले आफ्ना चर्चित गीत पुराना तथा नया गीत गाउने छन् l

उनि नाइजेरिया पुगे पछि पुन नाइजेरियामा रहेका सम्पूर्ण नेपालीलाई आफुलाई साथ दिन आग्रह समेत गरेका छन् l उनि पुगे पछि नाइजेरियामा बसोबास गर्ने नेपाली समुदाय निकै उत्साहित भएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाले बताए l

गायक राईले परदेशमा व्यस्त समय बाबजुद समय व्यवस्थापन गरि समय निकाली कलाकारलाई हौशला दिन नाइजेरियाका नेपाली दाजुभाई तथा दिदि बहिनीहरु आउनु हुने छन् भन्ने कुरामा कुनै शंका नभएको गायक राईले भनेका छन् l

उक्त कार्यक्रममा राजेश पायल राई साथमा स्थानीय अफ्रिकी कलाकारहरुले पनि नेपाली र स्थानीय भाषामा गीत र नृत्य प्रस्तुत गर्ने छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...