Wednesday, March 29, 2017

चुनाव तोकिएकै समयमा हुन्छ: काँग्रेस नेता पौडेल

पथरी (मोरङ), १६ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ ।

मधेसी जनताको माग पूरा गर्न काँग्रेस तयार रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज संञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो – “ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन्, तोकिएकै समयमा निर्वाचन हुन्छ ।”

नेता पौडेलले निर्वाचनको तयारी पूरा भइसकेकाले कसैले चाहेर पनि निर्वाचन नबिथोल्ने बताउँदै मधेसी मोर्चालाईसमेत निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनेतर्फ गृहकार्य भइरहेको छ भन्नुभयो ।

मोर्चापनि निर्वाचनमा सहभागी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...