Wednesday, March 29, 2017

मधेशी मोर्चाले एमाले नेताका श्रीमती तथा बुहारीलाई दुर्व्यबहार गरेपछि…

काठमाडौँ, १६ चैत । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्य सुमन प्याकुरेलका पत्नी ज्योति र बुहारी रक्तिमज्योतिलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गालीगलोज तथा दुव्र्यवहार गरेको भनी आपत्ति जनाएको छ ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गरेको प्रेस विज्ञप्तिमा मङ्गलबार राजविराजस्थित आफ्ना घरमा निजी कामले गएका बेला मोर्चाका जिल्ला संयोजक दिनेश यादवको नेतृत्वमा आएको समूहले घेराबन्दी गर्ने, गालीगलोज गर्ने र दुव्र्यवहार गर्ने प्रयास गरेको भनी खेद व्यक्त गरिएको छ ।

आक्रमणबाट जोगाउन प्रहरी प्रशासनले खेलेको भूमिकाप्रति धन्यवाद दिँदै पार्टीले मोर्चालाई लोकतान्त्रिक तथा मानवीय आचरण देखाउन र राजनीतिक ढङ्गले प्रस्तुत हुन आग्रह गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...