Saturday, March 25, 2017

लन्डन आक्रमण : शंकास्पद ८ जना पक्राउ

लन्डन, ११ चैत । बेलायतको प्रहरीले लन्डनमा पाँच जना मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न मुख्य व्यक्ति खालिद मसुद भएको जनाएको छ ।
प्रहरीले घटनामा संलग्न व्यक्ति ५२ वर्षीय खालिद मसुद भएको जनाएको हो । उनी बेलायतको कैट काउन्टीमा जन्मिएर हाल वेस्ट मिडल्यान्डस्मा बस्दै आएको प्रहरीले दाबी गरेको छ ।

यसैबीच बेलायती सुरक्षा बलले बर्मिङ्घम शहरमा छापा मारेर घटनामा संलग्न रहेको आशंकामा आठ जनालाई पक्राउ गरेको छ । वेष्टमिनिस्टरस्थित संसद् भवननजिकै बुधबार गराइएको आक्रमणमा परी प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो । घटनामा २९ जना घाइते भएको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । इस्लामिक अतिवादी समुह आईएसले आफ्नो लडाकुले आक्रमण गरेको दाबी गरेको छ । (एजेन्सी)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...