Friday, March 3, 2017

एमालेको मेची–महाकाली अभियान शनिबारदेखि

New Delhi: President Pranab Mukherjee with Prime Minister of Nepal KP Sharma Oli at Rashtrapati Bhavan in New Delhi on Saturday. PTI Photo by Atul Yadav(PTI2_20_2016_000254B)

विराटनगर, २० फागुन । नेकपा( एमाले)को मेची–महाकाली राष्ट्रिय जागरण अभियान शनिबारदेखि झापाबाट सुरु हुने भएको छ ।

झापा क्रान्तिअन्तर्गत पक्राउमा परेका पाँच जनालाई झापाको सुखानीमा हत्या गरिएको दिन फागुन २१ गतेदेखि नै १५ दिने अभियान सञ्चालन गर्न लागिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत दलका नेताहरुले शनिबार बिहान ८ बजे झापाको सुखानीमा सहिदको सालिकमा माल्यार्पण गरेपछि १० बजे काँकडभिट्टाबाट अभियानको शुभारम्भ हुनेछ ।

एमाले मोरङका अध्यक्ष विनोद ढकालले आज पत्रकार सम्मेलन गरी फागुन २२ गते पदयात्रा मोरङमा प्रवेश गरेपछि उर्लाबारीमा स्वागत, पथरी र कानेपोखरीमा झाँकी प्रदर्शन, बेलबारीमा सांस्कृतिक प्रदर्शन र विराटचोकमा सभा आयोजना गरिने जानकारी दिनुभयो ।

पदयात्रामा स्थायी रुपमा एक हजार कार्यकर्ताका साथै चिकित्सक, स्वयम्सेवकलगायत रहने छन् । संविधान कार्यान्वयन सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूल उद्देश्यका साथ सो अभियान शुभारम्भ हुन लागेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...