Friday, March 3, 2017

बस पल्टिँदा सोह्र घाइते

विराटनगर, २० फागुन । मोरङमा आज अपराह्न ३ बजे यात्रुवाहक बस पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् ।

पथरी–शनिश्चरे–२, जयचोकस्थित पूर्वपश्चिम राजमार्गमा सो घटना भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ४९८९ नंको बस पल्टिएपछि घाइतेलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...