Monday, March 6, 2017

सप्तरीको राजविराज घटनाप्रति दुःखी छु : केपी ओली

काठमाडौं, २४ फागुन । एमालेका अध्यक्ष केपी ओलीले राजविराजमा तीन जनाको ज्यानजाने गरी भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा मंगलबार बिहान स्ट्याटस लेखेर अध्यक्ष ओलीले मधेसी मोर्चाका दुई दर्जन कार्यकर्ता घाइते भएकोमा पनि दुःख जनाएका हुन् । ‘सप्तरीको राजविराज घटनाप्रति दुःखी छु’, अध्यक्ष ओलीले भनेका छन् ।

राजविराजको औद्योगिक क्षेत्रमा सोमबार एमालेले आयोजना गरेको कार्यक्रमपछि मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा तीन जनाको ज्यान जानुका साथै मधेसी मोर्चाका दुई दर्जन कार्यकर्ता घाइते भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts