जर्जिया राज्यको अटलान्टा शहरमा एन। आर। एन। अमेरिकाको जर्जिया च्याप्टरको अर्को भेला सम्पन्न भएको छ। अटलान्टामा नेपाली उद्धमी सुर्य लम्सालबाट संचालित मून इन्डियन कुजिनूमा मार्च ५ तारिख आइतवार दिउँसो ११स्३० देखि १ बजे सम्म भएको उक्त भेलाको छलफल २ वटा अजेण्डाहरुमा केन्द्रित थियो ( ९१० एन। आर। एन। ए। सदस्यता नवीकरण तथा बनाउने, र ९२० एन। आर। एन। जर्जियाको ११(सदस्यीय बोर्डको गठन। कार्यक्रममा १३ जना सहभागी थिए ( १२ जना उपस्थित तथा १ जना फोनबाट। उपस्थित हुनेहरुमा जनक बराल, मोहन तिमिल्सिना, गोबिन्द श्रेष्ठ, विश्वमान आङ्गदेम्बे, सुर्य लम्साल, श्याम सेढाई, कपिल शरण वाग्ले, दीपक के।सी।, बाबुराम तिमिल्सिना, जयलाल शर्मा, केशव शर्मा, र तारा पून हुनुन्थ्यो। फोन बाट भने डा। संजीव सापकोटा सहभागी हुनुन्थ्यो। एन। आर। एन। जर्जियाको फेसबुक पेजबाट ूफेसबुक लाइवू भएको उक्त कार्यक्रमको अहिले सम्ममा ९५९ पटक हेरिएकोछ।
कार्यक्रममा बोल्दै नेपाली एसोसिसेयन अफ जर्जिया ९नाग० का सल्लाहकार जनक बराल, एन। आर। एन। जर्जिया च्याप्टरका अध्यक्ष मोहन तिमिल्सिना, तथा च्याप्टरका बोर्ड सदस्यरकोषाध्यक्ष सुर्य लम्सालले एन। आर। एन। संसारभरी अपरिहार्य भएको कुरा राख्नुभयो। नेपाली एसोसिसेयन अफ जर्जिया ९नाग० का अर्का सल्लाहकार कपिल शरण वाग्ले तथा सदस्य दीपक के।सी।, तथा नागका उपाध्यक्ष तथा अवको नागको अध्यक्षका उम्मेदवार केशव शर्माले ूनागू र ूएन। आर। एन। जर्जिया च्याप्टरू वीच नांग र मासु जस्तो सम्बन्ध हुनुपर्ने कुरा राख्नुभयो। साथै, अझैपनि एन। आर। एन। च्याप्टरको आवश्यकता जनमानसले बुझिनसकेको अवस्थामा राम्रो संग बुझाउन सक्नुपर्ने कुरा राख्नुभयो। त्यस्तै, स्थानीय उद्धमीद्वय बाबुराम शर्मा तथा जय लाल शर्माले च्याप्टरको लागि सहयोग गर्ने कुरा राख्नु भयो। एन।आर।एन। अमेरिकाको ूस्वास्थ्य तथा सेवा समितिकाू अध्यक्ष डा। सन्जीब सापकोटा र एन।आर।एन। अमेरिका बोर्डका सदस्य गोबिन्द श्रेष्ठले अव एन। आर। एन। जर्जिया च्याप्टरलाई आन्तरिक रूपले संगठित र बलियो बनाउन सबै लाग्नु पर्ने धारणा राख्नु भयो। च्याप्टरका उपाध्यक्ष विश्वमान आङ्गदेम्बे र च्याप्टरका सदस्य श्याम सेढाईले एन। आर। एन। ले अरु संस्थाले दिन नसक्नेदुईटा कुरा नेपालि समुदायलाई दिनसक्ने कुरा राख्नुभयो ( ९१० ७८ वटा देशभरीको नेटवर्क जसबाट देश र समाजको लागि एककृत भएर योगदान दिन सकिन्छ तथा संसारभरिका नेपालीहरुको हकहित र विभिन्न समस्याहरुको वकालत तथा समाधान गर्न सकिने, र ९२० नेपाली समुदायलाई हीत गर्ने कुनै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, तथा राजनीतिक विचार तथा उद्धमलाई संसारभरी ७८ वटा राष्ट्र सम्म फैलनसक्ने फोरम दिन सक्ने।
कार्यक्रमको अन्तमा एन। आर। एन। जर्जिया च्याप्टरको आगामी २०१७(१९को २ वर्षे कार्यकालको लागि ७ जनाको नाम आएको थियो ( मोहन तिमिल्सिना, सुर्य लम्साल, श्याम सेढाई, दीपक के।सी।, बाबुराम शर्मा, जयलाल शर्मा, र दिलिप बानिया। बाँकी ४ जनाको नाम पनि चाडै आउने पक्का भएको थियो । र, जर्जियामा स्थानीय संस्था ूनागू तथा अन्य संस्थाको सहयोग लिएर एन। आर। एन। ए। सदस्यता नवीकरण तथा बनाउने कार्यलाई तिब्र पार्ने निर्णय भएको थियो।
No comments:
Post a Comment