काठमाडौं, २० फागुण। एथलेटिको मड्रिडका स्ट्राइकर फर्नाण्डो टोरेस घाइते भएका छन् ।
गएराती डेपोर्टिभो लाकोरुनासँगको खेलका क्रममा टोरेसलाई टाउकोमा चोट लागेको हो । अस्पतालमा उपचार गराइरहेका टोरेसको अवस्था स्थिर रहेको र उनी होसमा रहेको क्लवले जनाएको छ ।
खेल्दाखेल्दै उपचारका लागि अस्पताल लानुपरेपनि उनलाई गम्भीर चोट नरहेको पुष्टि भएको क्लवले जनाएको छ ।
स्पेनका ३२ वर्षिय पुर्व राष्ट्रिय खेलाडी टोरेसले निकै गम्भीर घटना भएको डर रहेपनि अहिले आफु सामान्य रहेको र छिट्टै खेलमा फर्किने विश्वास व्यक्त गरेका छन् ।
एथलेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोन्सले टोरेस मैदानमा लडेको दृष्य डरलाग्दो रहेकाले आफु धेरै आत्तिएका बताए ।
घाइते भएर टोरेसले मैदान छोड्नु अघि नै तीनजना अतिरिक्त खेलाडीलाई मौका दिइसकेकाले एथलेटिकले १० खेलाडीमै खेल्नुपरेको थियो । खेल भने १ –१ को बराबरीमा सकिएको छ ।
Friday, March 3, 2017
फर्नाण्डो टोरेस घाइते
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment