Wednesday, March 15, 2017

तिम्रो नामको बैंस

 

एक हाते फरिया र एक बित्ते चोली भित्र लपेटिएको
तिम्रो नामको बैंस
स्वप्निल संसारको भुँइचालोबाट क्षत-बिक्षत भई
इमान्दारीको धरहरालाई बाध्यताले टुक्रा टुक्रा पारि ढालेको छ
तर पनि मन भने धुजाहरु बटुलेर सिउंन खोज्दै छ |

तिम्रो बिदाईसंगै अस्ताएको खुशीलाई
रंगिन मालाबनाई पहिरयाउंन खोज्नेहरुको भिडमा
थिचियर किचियर निसास्सी सकेको एक आकृति,
आफ्नो आहारा बनाउन नसक्दा
रन्थनिएका र छटपटीएका भोका अजिंगरहरुसंगबाट
बचाउन सहयोग गर्ने र सहानुभुतीमा फुरुंग बनाउने कला भयका
आफ्ना भन्ने र बिस्वास गर्न योग्य सम्झियका
नौटंकी ब्वाँसाहरु दुला दुलाबाट शिकारको खोजीमा
रहेक बहाना बनाई
बाध्यताको पुल हालेर
पटक पटक तिम्रो बैंसको हरणको प्रयासलाई
पराजय पारेकै हो |
समाजको भने घरि घरि चिसो सिरोटोले कम्प चलाय पनि
तिम्रो बैंस
सुर्यदयसंगैको तिम्रो न्यान्यो घाम चिहाउने आशामा
तिम्रो साथको जुनेली शितलतामा
तिम्रो प्रेमको सुरक्षा कवच बनायर
बिस्वासहरु ढकमक फुलाउने
खुशीहरु रिमझिम पारी बर्साउने आशले
मिठो सपना बुनेर, रङ्गीन कल्पनामा डुबेर
लामो बियोगलाई घुटुक्क निल्दै
आफ्नै मनलाई थुमथुमाउन चाहेर पनि
तितेपाती घारीले सुसेल्दै
खहरेको छ्यांग छ्यांगमा विरहको संगीतसंगै
यो कपटी सन्ध्याकालमा
निर्मोही क्षितिजको परिधि भित्र
बिबश आकाशलाई साक्षि राखेर
तिम्रो बैंस आज चिरा चिरा धर्ती भयकी छे |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...