Wednesday, March 15, 2017

गोविन्दले छिमेकिसंग भनेका थिए हस्तक्षेपविरुद्ध लड्छु तर एक मुठी मेरो माटो लैजान दिन्न उनको दर्दनाक कहानी हेर्नुहोस भिडियो सहित

भीमदत्तनगर, पुनर्वास – कञ्चनपुर पुनर्वास–८ का हस्तबहादुर शाहीलाई गाउँकै युवक गोविन्द गौतमको मृत्युको समाचार पत्याउन गाह्रो भएको छ ।

एक साताअघि मात्रै उनीसँग आनन्द बजारमा भेट हुँदा भएको कुराकानी हस्तबहादुर बिर्सन सक्नुहुन्न । त्यो घेट नै गोविन्दसँगको अन्तिम भेट बन्न पुग्यो । गत फागुन २६ गते बिहान ८ बजे आफूसँग भेटेर कुरा गरेको करिब तीन घन्टामै भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर गोविन्दको निधन भएको समाचारले हस्तबहादुरलाई छानाबाट खसे झैँ भयो ।

“कल्र्भट भत्काएको प्रसङ्ग कोट्याउँदै लामो समयदेखि भारतीय पक्षले हेपाह दृष्टि राख्ने गरेको भन्दै गोविन्द निकै आक्रोशित थिए” हस्तबहादुरले भने – “हस्तक्षेपविरुद्ध लड्नुपर्छ, कति सहेर बस्ने, मरियो भने देशका लागि सहिद भइन्छ भन्थ्यो, साँच्चै नै त्यस्तै भयो ।”

‘घर बनाउने सपना अधुरै’

कल्र्भट निर्माणका विषयलाई लिएर एसएसबीको गोली लागेर निधन भएका गोविन्द सहिद घोषित त भए तर उनको घर बनाउने सपना भने पूरा हुन सकेन

पकाएको खाना पनि खान पाएन : मृतकका बुबा
घरमा पकाएको खाना समेत खान नपाएर संसारबाट बिदा लिएको घटनाले उनका बाबुलाई थप मर्माहित बनाएको छ । ७० वर्षीय वृद्ध बुबा खिमलालले रुँदै भने – “कल्र्भट निर्माणको विषयलाई लिएर विवाद भएको ठाउँमा गएको छोरो फर्केर आएन । घरमा खाना पकाएर कुरेका परिवारले मृत्युको खबरबाट शोकमग्न बनायो ।

मन थाम्न नसकिने उनको कहानी यो भिडियोमा हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...