Wednesday, March 15, 2017

पोखरा महा नगरपालिकाको नगर प्रमुखको लागि तिवारी द्वारा उम्मेद्धवारी घोषणा(भिडियो सहित)

पोखरा महा नगरपालिकाको नगर प्रमुखको लागि नन्दप्रसाद तिवारीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि उम्मेद्धवारीको घोषणा गरेका छन् l उनले आफ्नो उम्मेदवारी संगै आफुले नेपाली कांग्रेसको तर्फ बाट उम्मेदवार दिएको बताए l र आफ्ना कुराहरु राख्दै आफुले नेपाली काग्रेसमा गरेका काम ,योगदान र उठाएका मुद्धाहरु को बारेमा समेत चर्चा गरे l

उनले समग्र पोखराको समुचित विकास गरि सम्वृद्ध पोखरा निर्माणको अभियानमा लाग्ने प्रतिबद्धता गर्दै उम्मेद्धवारी घोषणा गरेको बताए । उनले आफु नगर प्रमुखमा बिजयी भए कुनै सेवा सुविधा नलिने र महानगरबासीको सेवा गर्ने घोषणा समेत गरेका छन् l

उनले पोखरालाई स्वास्थ्य,शिक्षा तथा मनोरंजनको लागि राष्ट्र कै राजधानी बनाउने प्रतिज्ञा गरे l पोखराको विकासका लागी ३३ वटा योजना सहित उम्मेद्धवारी घोषणा गरेका तिवारीले आफु निर्वाचित भए सुन्दर र उदारणीय महानगर बनाउने बताए । उनले पोखरालाई सरसफाई शहर बनाउने र फराकीलो समेत बनाउने बताए l

कास्कीमा उम्मेद्धवारका प्रत्याशी धेरै भए पनि पत्रकार सम्मेलन गरेर उम्मेद्धवारी घोषणा गर्नेमा तिवारी पहिलो उम्मेद्धवारको आकांक्षी भएका छन् । जिल्लामा १ महानगरपालिका ४ गाउँपालिका रहेका छन भने करिब ५ लाख जनसंख्यामा २ लाख २५ हजार मतदाता रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...