Wednesday, March 15, 2017

फर्मा प्रबन्धक संघ द्वारा प्रधानमन्त्री दाहाल सम्मानित

बर्षौ बर्ष सम्म जनतालाई बिद्युत कटौती गरि अध्यारोमा बस्न बाध्य भएका मध्ये कै स्वास्थ्य क्षेत्रमा जीवन संग प्रत्यक्ष सरोकार राखे पेशामा रहेका फर्मास्युटिकल बजार प्रबन्धक संघ द्वारा प्रधानमन्त्री पुष्प कलम दाहाल प्रचण्ड सम्मानित भएका छन् l

जीवन रक्षक ओखति ,ओखति ब्यबसायी ,अस्पताल ,आकस्मिक रुपमा संचालन हुने अत्याधुनिक उपकरण तथा २४ सै घण्टा ताप क्रमको व्यवस्थापन गर्न बिद्युत अपरिहार्यता हुन्छ l

यस्ता भयाबह स्थितिलाई सवल नेतृत्त्व गर्दै बिद्युत कटौतीको अन्त्य गर्ने जस्तो अविश्वासिलो र उत्साहजनक काम गर्नुको साथै आफ्नै प्रतक्ष्य निगरानीमा बिकासका योजना अगाडी बढाएकोमा प्रधान मन्त्रि दाहाल लाई सम्मान गरिएको छ l

संघले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री कार्यलयमा नै गएर सम्मान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत्भार कटौती अन्त्य हुनु भनेको देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लैजानु भएको बताएका छन्।

नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका अध्यक्ष सुरजित दत्तको नेतृत्व तथा पदाधिकारी सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री कार्यालयमा भेट गर्दै प्रधानमन्त्री दाहालले विद्युत्भार कटौतीको अन्त्यले सम्पूर्ण विकास प्रक्रियालाई नयाँ गति दिँदै नयाँ सभ्यताको सुरुवात भएको बताएका छन्।

विदेशबाट आयातीत औषधिको बिक्री वितरण गर्ने प्रबन्धकका समस्याबारे छलफल गरी सम्बोधन गरिने पनि प्रधानमन्त्री दाहालले बताए। सङ्घका अध्यक्ष सुरजित दत्तले सरकारले विद्युत्भार कटौती अन्त्य गरी ठूलो गुन लगाएको बताए।

प्रधान मन्त्रि पुष्प कमल दाहाल लाई ताम्रपत्र हस्तान्तरण गर्दै अतुलनीय योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गर्दै ताम्रपत्र प्रदान गरिएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...