Sunday, March 5, 2017

भर्जिनिया बाट बेपत्ता भएकी १४ बर्षिय किशोरी ओक्लाहोमा फेला

अमेरिकाको भर्जिनियाको फेयरफ्याक्स काउन्टी (जिल्ला)बाट बेपत्ता भएकी १४ बर्षिय किशोरी प्रहरीले ओक्लाहोमा को तुल्सा बाट फेला पारेका छन् l जामिया एनटोईनी होल्याण्ड नाम गरेकी उक्त किशोरी गत मंगलबार एल्केज्यानड्रीया काउन्टीमा अन्तिम देखा परेकी थिइन् l

गत मार्च ४ तारिख उनलाई ओक्लाहोमा को तुल्सामा अफेला परेको फेयरफ्याक्स काउन्टीले जनाएको छ l उनलाई १० बज्नु अगाडी फेला पारेको प्रहरीले जानकारी दिएको छ भने उनि छिट्टै घर फर्कने छिन् भनि प्रहरीले बताएका छन्

प्रहरीले कसरी उनि फेला परिन भन्ने बारेमा अहिले सम्म कुनै जानकारी उपलब्ध गराएको छैन भनि एनबिसी वाशिंगटनले लेखेको छ l अमेरिकामा हराए पछि पुन फेला पर्नु भनेको चमत्कार मानिन्छ l यसरी बेपत्ता भए पछि अधिकांश दुखत समाचार मात्र सुन्न पाइन्छ l
तस्बिर स्रोत : एनबिसी वाशिंगटन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...