भर्जिनियामा भएका शृंखलाबद्ध किशोर किशोरीको हत्यामा पक्राउ परेकालाई संघीय अध्यागमन अधिकारीहरुले नजदिक बाट निगरानी गरि रहेका छन l एमएस -१३ नामक हिंसात्मक गिरोह गतिविधिमा संलग्न भएको गिरोहलाई सावधानी पूर्वक सतर्कता अपनाई रहेको समाचार प्रकाशमा आएको छ l
अध्यागमन अधिकारीहरुले २ जनाको हत्यामा संलग्न रहेका स्पानिस किशोर किशोरी मध्ये ५ जना पुरुष तथा १ जना महिलालाई पहिचान गरेकोले देश निकाला गर्ने सम्भावना रहेको डीसी क्षेत्र बाट संचालित रेडियो तथा बिधुतिय पत्रिका डब्लुटिओपि ले लेखेको छ l
हाल सालै २ जनाको हत्या फेयर फ्याक्स तथा प्रिन्स विलियम काउन्टीमा भएको थियो l गत जनवरीमा भएको हत्याको शिलशिलामा १५ बर्षिय डेमारिस रिभास ,१८ बर्षिय हरनानडेज ,२१ बर्षिय सान्चेज सेरानो ,१८ बर्षिय अलडेयर एम कारकामो तथा होजे रिभासलाई थुनामा राखी अभियोग आप्रवासन तथा भन्सार वलले लगाएको छ l
सान्चेज सेरानो तथा कास्टिलो रिभासलाई किशोरीको हत्या भएको संलग्नतामा अभियोग लगाईएको छ l यसै गरि हत्यामा संलग्न भएको आरोपमा २४ बर्षिय एड्गार टोरेस तथा २० बर्षिय होजे मार्टिर ल्यरिओस इस्पेनललाई पेनसेलभेनियाको डेलावेर काउन्टीको प्रहरी कार्यालयमा थुनामा राखिएको छ l
अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अपराधिक गतिबिधिमा संलग्न भएका अवैध आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरि सकेका छन् l
तस्बिर श्रोत :डब्लुटिओपि
No comments:
Post a Comment