Saturday, March 18, 2017

राप्रपाको चुनाव चिन्ह गाई सार्वजनिक

काठमाडौँ, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह् गाईलाई नै स्थापित गराएको छ । सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह् गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो ।

यहाँ आज आयोजित चुनाव चिन्ह् सार्वजनिकरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह् छनोट गरिएको बताउँदै सोही चिन्ह्मार्फत जनताको विश्वास जितेर पार्टीका सिद्धान्त स्थापना गरिने भन्नुभयो ।

कानुनको अधिनमा रही राजनीतिक दल गठन तथा फरक विचारधारालाई विभिन्न कार्यक्रमका रुपमा प्रचार गर्ने, जनतासमक्ष लैजाने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो–“पार्टीको वैचारिक सैद्धान्तिक मान्यतालाई प्रभावित बनाउने गरी निर्वाचन आयोगले पार्टीको विधानबाट ‘संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र’ खारेज गर्ने निर्णय गरेको छ, यो सञ्चाइनुपर्छ ।”

उपप्रधान एव्म सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले भन्नुभयो–“निर्वाचन आयोगको यो निर्णयले आगामी स्थानीय चुनावको वातावरण धमिलिनसक्छ, पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन ।”

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी कुनै पनि संस्थाले निर्णय गर्ननसक्ने बताउँदै निर्वाचन आयोगलाई निर्णय सञ्चाउन आग्रह गर्नुभयो ।

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले संविधानका कतिपय व्यवस्थामा फरक मत राखेको भए तापनि नेपालको संविधान र प्रचलित कानुनको पालना र कार्यान्वनमा आफ्नो पार्टी प्रतिबद्ध रहेको छ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...